प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनका लागि जुम्लामा आठ सय ४८ कर्मचारी खटिए 

297 Shares

आसन्न प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनका लागि जुम्लामा  आठ सय ४८ कर्मचारी खटिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका जुम्लाले  एक सय आठ मतदान केन्द्रको लागि  कर्मचारी खटाएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन कर्मचारीको सुचीअनुसार एक सय ६ वटा स्थायी र दुई वटा अस्थायी गरि आठ सय ४८ कर्मचारी खटाएको हाे ।

त्यस्तै, मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमका अनुसार एक सय आठ जना मतदान अधिकृत र एक सय आठ जना सहायक मतदान अधिकृतसहितका कर्मचारी खटाएको हो ।

उनका अनुसार ९९ मतदान केन्द्रमा आठ जना कर्मचारीका दरले सात सय ९२ जना, सात वटा मतदान केन्द्रमा सात जना कर्मचारीका दरले ४९ जना र दुई वटा अस्थायी मतदान केन्द्रमा सात जना खटाएको हो ।