प्रत्यक्ष र समानुपातिकमा स्वतन्त्र पार्टी अगाडि
काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ।
निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा तर्फ प्रत्यक्षको १६५ सिटमध्ये १३१ स्थानमा मतगणना भइरहेको छ।
मतगणनाको प्रारम्भिक मतपरिणाम अनुसार प्रतिनिधिसभातर्फ नवगठित राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्ष र समानुपातिक दुबैमा तेस्रो स्थानमा देखिएको छ ।प्रत्यक्षतर्फ मतगणना भइरहेकामध्ये १४ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अगाडि रहेको निर्वाचन आयोगले जनाएको छ।
नेकपा माओवादी केन्द्रका उम्मेदवारले ११ स्थानमा अग्रता कायम गरेका छन्। नेकपा एकीकृत समाजवादीका उम्मेदवार ५ स्थानमा अगाडि रहेका छन्। नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ ३ सिट जितिसकेको छ भने ४२ स्थानमा अग्रता कायम गरेको छ।
नेकपा एमालेले एक सिट जितेको छ भने ३६ स्थानमा अग्रता कायम गरेको निर्वाचन आयोगले जनाएको छ ।
समानुपातिक तर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टी माओवादीभन्दा अगाडि रहेको छ।

