सुनसरी ४ को आइतबारदेखि रोकिएको मतगणना आजबाट सुरु गर्ने तयारी

377 Shares

विराटनगर : सुनसरी क्षेत्र नम्बर ४ को मतगणना सुरु गर्ने तयारी भएको छ।

आइतबारबाट स्थगित भएको सो क्षेत्रको मतगणना निर्वाचन आयोगले सुरु गर्न सोमबार निर्देशन दिएको थियो सोही अनुसार सर्वदलीय बैठक बसेर गणना सुरु गर्ने तयारी भएको हो।

सुनसरी क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका नेपाली कांग्रेस नेता तथा वर्तमान सरकारका सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पुनः मत गणनाको माग गर्दै आयोग समक्ष निवेदन दिएका थिए।

आयोगले मन्त्री कार्कीको माग अस्वीकार गर्दै मतगणनालाई निरन्तर दिन निर्देशन दिएको निर्वाचन कार्यलयका सहायक निर्वाचन अधिकृत मोहनबहादुर अधिकारीले जानकारी दिए।

मतगणना रोकिँदासम्म कार्कीले २३ हजार ४३९ मत पाएका छन्। एमालेका जगदिश कुसियैतले २३ हजार ३४१ मत पाएका छन्। कुसियैत भन्दा कार्की ९८ मतले अगाडि छन्। मतगणनाका क्रममा ६०६ मत एमाले उम्मेदवार जगदिश कुसियैतलाई बढी दिएको काङ्ग्रेसको आरोप छ।