कांग्रेस उपसभापति र एमाले सचिवबीच प्रतिस्पर्धा

301 Shares

काठमाडौं । मङ्सिर ४ मा भएको प्रतिनिधि सभा निर्वाचनको मतगणमा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङ शीर्षस्थानमा छन् ।

स्याङ्जा निर्वाचन क्षेत्र नं २ मा कांग्रेसबाट उम्मेदवार बनेका गुरुङ दुई हजार बढी मतान्तरले अगाडि रहेका छन् । एमालेकी उम्मेदवार पद्मा अर्याल भन्दा कांग्रेसका गुरुङ दुई हजार ४१८ मतान्तरले अगाडि रहेका छन् ।

गुरुङ ११ हजार ९२० मतका साथ पहिलो स्थानमा छन्। नौ हजार ५०१ मत ल्याएर अर्याल पछ्याइ रहेकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले पाँच हजार १९२ मत ल्याएका छन् । गुरुङ नेपाली कांग्रेसका उपसभापति हुन् भने अर्याल एमालेकी सचिव हुन् ।