अपराधीलाई उन्मुक्ति दिने अध्यादेश आपत्तिजनक: कमल नेपाल

406 Shares

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले गम्भीर आपराधिक घटनाका अभियुक्तलाई उन्मुक्ति दिनेगरी सरकारले ल्याउन लागेको अध्यादेशको विरोध गरेको छ। सोमबार विज्ञप्ति निकालेर राप्रपा नेपालले सरकारको कदमको विरोध गरेको हो ।

 

 

‘सत्ता स्वार्थका निम्ति नयाँ संसदको बैठक बस्ने पूर्वसन्ध्यामा गम्भीर आपराधिक घटनाका अभियुक्तहरूलाई उन्मुक्ति दिनेगरी सरकारले ल्याउन खोजेको अध्यादेश घोर आपत्तिजनक छ’, विज्ञप्तिमा भनिएको छ, ‘लोकतन्त्रको खिल्ली उडाउने यस्ता कार्य तत्काल रोक्न राप्रपा नेपाल माग गर्दछ।’