राष्ट्रिय अनुसन्धानको एसपीमा चन्दन झा रौतहट आउदै
रौतहट, १० पुस । राष्ट्रिय अनुसन्धानको उप निर्देशक अर्थात (एसपी) चन्दन झा राष्ट्रिय अनुसन्धान कार्यालय रौतहटको प्रमुम बनेर आउन लागेको छ ।
उपनिर्देश झाको नियमित सरुवा भई रौतहट पदास्थापन गरिएको हुँदा उहाँ चाँडै रौतहट आउन लागेको हो । राष्ट्रिय अनुसन्धानको कार्यालय सर्लाहीबाट उनलाई रौतहट आउन लागेको बताइएको छ ।
रौतहटमा कार्यरत उपनिर्देशक (एसपी) मुकुण्ड खड्कालाई बारा जिल्ला सरुवा गरिएको छ । उहाँहरुको नियमित सरुवा हुँदा प्रक्रियागत रुपमा झा रौतहट आउने र खड्का वारा जिल्ला जान लागिएका छन् । रौतहट आउन लागिएका झा रौतहटबासी समेत रहेको छ । उनको पैत्रिक गाउँ दुर्गा भगवती गाउँपालिकाको वडा नम्वर ३ मत्सरीमा रहेको हुँदा जिल्लामा रहेर यहाँका विकृति एवं विसंगतिलाई दुर गर्नमा निकै मद्दत पुग्ने विश्वास गरिएको तथा युवा भएको हुँदा राम्रै काम गर्ने आशा र विश्वासका साथ उनलाई रौतहट सरुवा गरिएको श्रोतले बतायो ।

