बैंक तथा वित्तीय संस्थाले प्रति उद्योगी व्यापारी आन्दोलित

311 Shares

लालबन्दी, १४ पुस । बैंक तथा वित्तीय संस्थाले चर्को ब्याज असुलेको भन्दै सर्लाहीको लालबन्दीका उद्योगी र व्यापारी तथा व्यवसायीले आन्दोलित भएको छ ।
चर्को ब्याजदर र प्रतिकूल बैंकिङ नीतिविरुद्ध लालबन्दीका उद्योगी व्यापारी शान्तिपूर्ण आन्दोलनमा उत्रिएका हुन् । लालबन्दी उद्योग वाणिज्य संघको अगुवाईमा आज व्यापारीहरूले लालबन्दी र नवलपुर बजारमा कारोबारको आधारमा कर्जा दिने प्रावधान संशोधन गर चालू रहेको ओभरड्राफ्ट लोन यथावत राख’, ‘जिन्सी निर्यात बढाऊ नगद निर्यात बन्द गर बैंक ब्याज सिंगल डिजिट कायम गर एलसीको १०० प्रतिशत मार्जिन खारेज गर लेखिएको प्लेकार्डका साथ रयाली निकालेका थिए ।