‘ह्रस्वदीर्घ’ मा कलाकारको रुपमा रवीन्द्र झा

360 Shares

काठमाडौं, १४ । अभिनेत्री नीता ढुंगानाले फिल्म निर्माण गर्न लागेको ‘ह्रस्वदीर्घ’ मा कलाकारको रुपमा रवीन्द्र झा पनि जोडिएको छ ।
निर्माण युनिटले फिल्मको मुख्य कलाकारको रुपमा रवीन्द्र झालाई अनुबन्धित गरेको हो । फिल्मको लागि केही दिनअघि अभिनेत्री विपना थापा पनि भित्रिएकी थिइन् । पुरानो अभिनेत्री थापाको १३ वर्षपछि यसै फिल्म मार्फत अभिनयमा पुनरागमन भएको छ ।
चन्द्र पन्तको निर्देशन रहने फिल्ममा सरोज खनाल, सलोन बस्नेत, नीता ढुंगाना, हरिहर अधिकारी, प्रदीप रावत, ब्रह्मानन्द लगायतका कलाकारको अभिनय रहेका छन् ।
फेब्रुअरी १ देखि छायांकन सुरु हुने फिल्मलाई तीन चरणमा खिचिने भएको छ । फिल्मको पहिलो चरणको छायांकन भारतको हैदराबादस्थित रामोजी स्टुडियोबाट सुटिङ सुरु हुनेछ, दोस्रो चरणको छायांकन नेपालमा र तेस्रो भारतको बनारसमा गर्ने निर्माण युनिटले जनाएको छ ।