दलित प्राथमिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुको कन्तविजोग
रौतहट, १९ पुस । पुस महिनको मुटु काम्ने चिसोमा स्कूले बालबालिकाहरुलाई खुला अकाशमुनी भूइमै बसेर अध्ययन अध्यापन गराउनु परेको बाध्यात्मक अवस्था रहेका छन् । स्थानीय सरकार भएपनि शिक्षा क्षेत्रले पाउनुपर्ने न्यूनतम मापदण्ड अनुसारको सुविधा नदिदा भवन, डेक्स बेञ्चको अभावमा पुसको कठ्याग्रिदो चिसोमा बोरा ओछ्याएर अध्ययन गर्न बाध्यता रौतहटको फतुवा विजयपुर नगरपालिका १ सीतलपुरमा दलित प्राथमिक विद्यालयमा बालबालिकाहरु को रहेको हो ।
तराई मधेशको बाक्लो हुस्सु र शितलहरमा कक्षा ४ मा अध्यानरत अनिता कुमारी राम घरबाट बोरा संगै कापी कलम बोकेर विद्यालय आँउछिन् । कापी कलमसंगै बोरा बोकेर आँउनु उनको दैनिकीनै बनेको छ । विद्यालयमा भवन नभएका कारण खुल्ला चौरमा बसेर पढनका लागि उनी दैनिक घरबाट कपी कलमसंगै बोरा समेत बोकेर आँउने गरेकी हुन । उनीजस्ता करिब एक सय ८० जना बालबालिकाहरु सो विद्यालयमा हरेक दिन बोरा बोकेर पढन आँउने गरेका छन् ।
बालबालिका विद्यार्थीहरु बोरा मात्र हैन बाल कक्षा देखी ५ कक्षा सम्म खुल्ला आकाश मुनी बसेर पढनुपर्ने बाध्यता रहेको छ । भवननै नभएको उखुबारीको बिचमा रहेको दलित प्राथमिक विद्यालयको धुलाम्मे चौरमा बसेर अध्ययनका लागि विद्यार्थीहरुले घरबाट बोरा बोकेर आउनुपर्ने बाध्यता रहेको छ ।
सरकारले शिक्षाको नाममा बर्षीक रुपमा ठुलो रकम खर्च गर्ने गरेको भएपनि सो विद्यालयमा अध्यानरत दलित विद्यार्थीहरुले पाँच कक्षा पास गर्ने बेला सम्म डेक्स र ब्रेन्चको मुख समेत देख्न पाँउने गरेका छैनन् । विद्यालयमा आएपछि चर्को घाँम होस वा शितलर उनीबेला पनि भूइमा बोरा ओछ्यार पठन बाध्यता रहेको उनले भनिन । बर्षाको बेला विद्यालय बन्द हुने गरेका कारण उनीहरु भिजेर पढनु नपरेको शिक्षक रामेश्वर महराको भनाइ रहेको छ ।
फतुवा विजयपुर नगरपालिकाको वडानं १ सितलपुरमा उखुबारीको बिचमा रहेको विद्यालयको अवस्था नाजुक रहेको भएपनि नगरपालिकाले कुनै वास्ता नगरेको विद्यालयका प्रधानाध्यापक राजेन्द्र हजराले गुनासो गरे ।
२०६४ सालमा स्थापना भएको सो विद्यालयमा भवनको नाममा एउटा सानो फुसको छाप्रो रहेको छ । नाम मात्रको सो विद्यालयमा कक्षा कोठा, डेक्स, बेञ्च, व्ल्याक बोर्ड लगाएका केही सामाग्री छैनन् । विद्यालयमा अफिस कोठाको नाममा ६ वटा प्लाष्टीकको कुर्सि मात्र रहेको सो विद्यालयका शिक्षक रामेश्वर महराले बताए ।
सरकारले शिक्षाको नाममा बर्षीक रुपमा ठुलो रकम खर्च गर्ने गरेको भएपनि सो विद्यालयमा अध्यानरत दलित विद्यार्थीहरुले पाँच कक्षा पास गर्ने बेला सम्म डेक्स र ब्रेन्चको मुख समेत देख्न पाँउने गरेका छैनन् । विद्यालयमा आएपछि चर्को घाँम होस वा शितलर उनीबेला पनि भूइमा बोरा ओछ्यार पठन बाध्यता रहेको उनले भनिन । बर्षाको बेला विद्यालय बन्द हुने गरेका कारण उनीहरु भिजेर पढनु नपरेको शिक्षक रामेश्वर महराको भनाइ रहेको छ ।
भवन बिनाको सो विद्यालयमा पढन आँउने विद्यार्थीहरुलाई शिक्षकले कक्षा छुट्याएर ग्रुपमा पढाउने गरेका छन् । विद्यालयको भवनका लागि नगरपालिकामा पटक पटक ताकेता गर्दा समेत वास्ता नगरेको अर्का प्रअ हजराले गुनासो गरे । विद्यालयमा पकाउने ठाँउ समेत नभएका कारण विद्यार्थीले दैनिक दिवा खाजा समेत खान नपाएको उनले भने । खाजा पकाउने ठाँउ नभएकाले आफुहरुले विद्यार्थीलाई दिवा खाजाको रुपमा चाउचाउ र विस्कुट दिने गरेकोे बताए । बकैया खोलाको छेउमा मुटुनै कमाउने चिसो लागेको बाक्लो हुस्सुमा विद्यार्थीहरु बोरा ओछ्याएर पढन बाध्य हुने गरेकाछन् ।
विद्यालयको भवन बनाउनका लागि तत्कालिन वडा अध्यक्ष संजय साहले ४ कठा जमिन किनेर नगरपालिकाको २४ लाख बजेमा भवन बनाएको भएपनि जमिन विद्यालयको नाममा नभएका कारण विद्यार्थीहरु चिसो भुईमा बोरा ओछ्याएर पढन बाध्य छन् । वडा अध्यक्ष साहले दलित प्राथमिक विद्यालयको लागि किनेको जग्गा कसको नाममा छ भन्ने कुरा आफुहरुलाई थाहा नभएको प्रअ हजराले भने ।
सोही विद्यालय भन्दा एक सय मिटर पर रहेको प्राबि हर्साहको दुई कोठे भवनमा डेक्स र ब्रेन्च नरहेका कारण विद्यार्थीले घरबाट बोकेर ल्याएको बोरा ओछ्याएर पढने गरेका छन ।

