आरजु राणा कैलाली -५ बाट चुनाव लड्ने

425 Shares

काठमाडौंः आगामी निर्वाचनमा उम्मेदवार चयनका लागि कैलाली क्षेत्र नं. ५ बाट नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा सिफारिस भएकी छन् । कैलाली-५ बाट उनको नाम एकल सिफारिसमा परेको छ ।

बुधबार क्षेत्र नं. ५ प्रदेश सभा क्षेत्र ९क० र ९ख० क्षेत्रीय कार्यसमितिहरूले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली(५ बाट नेता आरजु देउवाको नाम एकल सिफारिस गर्नुपर्ने निर्णय गरेका छन् । प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको बैठक बिहीबार बस्दैछ ।

कैलाली-५ का सभापति भीम पडालले बुधबार दुवै प्रदेशबाट प्रतिनिधिसभाका लागि राणाको मात्रै नाम सिफारिस भएर आएको बताए । उनका अनुसार क्षेत्रीय कार्यसमितिको बैठक बिहीबार बस्दैछ । क्षेत्रीय कार्यसमितिमा पनि राणाको नाम सिफारिस गर्न दबाब छ ।

कांग्रेस केन्द्रीय सदस्य नृपबहादुर वडले कैलाली-५ बाट प्रतिनिधिसभाका लागि आरजु राणाको नाम एकल सिफारिस हुने बताए । पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पत्नीसमेत रहेकी राणा ०७४ को निर्वाचनमा पनि यहीँबाट उम्मेदवार थिइन् ।

उनी वाम गठबन्धनका नारदमुनि रानासँग पाँच हजारभन्दा बढी मतान्तरले पराजित भएकी थिइन् । रानाले २७ हजार २०२ मत ल्याएका थिए भने राणाले २२ हजार ३२२ मत पाएकी थिइन् ।