बाँकेमा राष्ट्रिय स्वराज पार्टीको बिस्तार तीब्र

296 Shares

बाँकेमा राष्ट्रिय स्वराज पार्टीको जिल्ला कार्यसमिति चयन भएको घोषणा कार्यक्रम गरिएको थियो , घोषणा भएकैदिन नेपालगन्ज उपमहानगरपालिकामा एक अन्तरक्रिया कार्यक्रम गरि लगभग १५० भन्दा बढी जनाले राष्ट्रिय स्वराज पार्टीमा प्रवेश भएका छन प्रवेश हुनेमा अधिकतर जनमत पार्टीको सदस्य रहेका छन , पार्टी प्रवेश कार्यक्रममा केन्द्रीय संयोजक इरफान अहमद शेष, केन्द्रीय सहसंयोजक चन्द्रशेखर सुनार, केन्द्रीय महिला नेतृ जोया शेष, जिल्ला सभापति अब्दुल कादिर साई, उपसभापतिद्वय ताहिर राई र सकिल जसगड, जिल्ला संरक्षक रियाज अहमद शेष, नेता जाबिर हल्वाई, महिला जिल्ला इन्चार्ज नाजमा बागवान, युवा नेता हुशेन अंसारी , संस्थापक नेता नौसाद अंसारी, खेमराज मौर्य, मुस्तफा शेष लगायतका विशेष नेताहरूको उपस्थितिमा उक्त कार्यक्रम गरिएको जानकारी राष्ट्रिय स्वराज पार्टीकी केन्द्रीय नेतृ जोया शेषले जानकारी दिएकी छिन। आजको कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक शेषले भनेका छन जनमत पार्टीका मुखिया मधेसी जनताको लागि होइन मधेसी युवाहरुलाई आफ्नो हैकमवादी पवृति लाद्नको लागि संघर्ष गराएका हुन, आजसम्म नै मधेसलाई राज्यले हेला गरिरहेको छ त्यसैले समाजको संघर्षलाई हगाडी बढाउनका निम्ति राष्ट्रिय स्वराज पार्टीको गठन भएको हो, हाम्रो एन्डामा मधेस एकीकरण , पूर्ण समानुपातिक निर्वाचन प्रणाली , जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण , समान शिक्षा नीति , गाँस,वास, कपास, शिक्षा, स्वास्थ्यको ग्यारेन्टी , विभेदमुक्त समाज, समान न्याय ब्यवस्थामा आधारित मार्गदिशा हुने समेत जनाएका छन।