रवि लामिछानेलाई भीम रावलको काउन्टर
काठमाडौं । नेकपा (एमाले)का नेता डा. भीम रावलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमा राजनीतिक सिद्धान्त, मूल्य, मर्यादा नभएको टिप्पणी गरेका छन् ।
यी कुरामा विश्वास गर्ने राजनीतिककर्मीले आरोपको तथ्यगत खण्डन गर्ने उनको भनाइ थियो ।
आइतबार पत्रकार सम्मेलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मिडियामाथि खनिएको प्रति लक्षित गर्दै नेता रावलले लेखेका छन्, ‘राजनीतिक सिद्धान्त,मूल्य,मर्यादामा विश्वास गर्ने, देश र जनताप्रति इमान्दार, तथ्यबाट सत्य खोज्ने राजनीतिककर्मीले आरोपको तथ्यगत खण्डन गर्छ । आलोचना सुन्छ । सत्य तथ्य औंल्याउने र गल्तीको आलोचना गर्ने लोकतान्त्रिक मान्यतालाई मान्छ । गालीगलौजमा उत्रिन्न । यस कसीमा रवि लामिछानेको जाँच गरौँ ।’

