माधव नेपाललाई प्रचण्डले दिए हेलिकप्टरमा लिफ्ट
काठमाडौं- प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल एउटै हेलिकप्टरमा धनगढीबाट काठमाडौं आएका छन् ।
प्रचण्ड सुदुरपश्चिम क्षेत्रको विकास निर्माणको अवलोकनको लागि आज विहान त्यसतर्फ गएका थिए भने नेपाल आइबार नै कैलाली पुगेका थिए ।
नेपाल भने आफ्नै पार्टीको कार्यक्रममा सहभागी हुन कैलाली गएका थिए ।
उनीहरु नेपाली सेनाकाे हेलिकप्टरमा साेमबार साँझ काठमाडाैँ फर्किएका हुन् ।
सरकारमा सहभागी नभएको दल एकीकृत समाजवादीका अध्यक्षलाई प्रधानमन्त्रीले आफू सवार हेलिकप्टरमा सँगै काठमाडाैँ ल्याएका हुन् ।
सत्ता सादेझार दलहरुबीच मतभेद उत्पन्न भइरहेको बेला माधव नेपाललाई प्रधानमन्त्रीले हेलिकप्टरमा लिफ्ट दिनुको विशेष राजनीतिक अर्थ हुनसक्छ ।
राष्ट्रपतिको निर्वाचनको विषयलाई लिएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डबीच मत भिन्नता उत्पन्न भइरहेको छ ।
प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने अडान राखेका छन् । त्यसलाई सरकारमा सहभागी नभएको दल एकीकृत समाजवादी र नेपाली कांग्रेसले स्वागत गरेको छ ।
चुनाव अघि प्रचण्ड, माधव नेपाल र शेरबहादुर देउवा एउटै चुनावी मोर्चामा थिए ।

