काग्रेसले विस्वासको मत दिएर आफैले आफ्नो पाटीलाइ दाउमा राख्यो !

286 Shares

ओम आचार्य

राजनीतिमा अहिले प्रमुख चर्चामा रहेको नेपाली काग्रेस हो ! प्रचण्डको नेतृत्वको सरकारलाइ विस्वासको मत हुदा हुदै प्रतिपक्षमा रहेको काग्रेसले पनि जव विस्वासको मत दियो तव देसको राजनीति यसैको वरिपरी घुमिरहेको छ ! नेपाली काग्रेसको यो रणनीति आफैमा खतरा पुर्ण छ ! खतरा यस अर्थमा हो की जुन उध्देस्य र लक्ष्य लिएर यो रणनीति अवलम्बन गर्यो त्यो प्राप्ती हुन्छ त? राजनीतिमा यसै भन्न सकिन्दैन ! विशेश गरेर काग्रेसले राष्ट्रपति पद कै निम्ति यो रणनीति अवलम्बन गरेको देखिन्छ ! माओवादी का प्रचण्ड प्रधानमन्त्री, एमालेका सभामुख र सातदलिय गठवन्धन को सहमती अनुसार एमालेलाइ नै राष्ट्रपति दिने सहमति ले काग्रेस तर्सेको हुन सक्छ ! लोकतन्त्र र प्रजातन्त्रकोलागी नेपालको फादर भनिने काग्रेस पछिल्लो समय प्रतिगामीको आरोप लागेका केपी ओलीको प्रतिगामी राजनीतिक शैलिले पनि यसरी झस्केको हुन सक्छ ! अझ कम्युनिष्टलाइ कहिले पनि विस्वास गर्न नसक्ने काग्रेस अहिले कम्युनिष्ट विचार भएका माओवादी एमाले नै सरकार छन र अन्य संबैधानिक अंग र राष्ट्रपति र न्यालयमा समेत कम्युनिष्टको पहुँच र प्रभाव पर्न सक्ने सम्भावना सातदलिय गठवन्धनको सरकारमा काग्रेसले देख्नु कुनै आस्चर्य होइन ! यस्तो अवस्थामा भोली प्रजातन्त्र नै खतरामा पर्न सक्छ ! यो खतरालाइ रोक्न , नेपालमा क्म्युनिष्टको चलखेल रोक्न नै नेपाली काग्रेसले प्रचण्डको सरकारलाइ विस्वासको मत दिएर सिंगै काग्रेसलाइ दाउमा राख्यो ! नेपाली काग्रेसले जुवा खेल्यो र यो जुवामा काग्रेसले आफैलाइ दाउमा राख्यो ! तर जुवामा होस या राजनीतिमा त्याहा इमान्दारित देखिन्दैन जाल झेल त हुन्छनै ! एमालेको नेता केपी ओली ले भने झै यो ढोक्सा हैन । ढोक्सामा कैही नपरेपनि नोक्सानी भने केही हुदैन मात्र श्रम खर्च हुन्छ केही उर्जा खर्च हुन्छ । तर काग्रेसको यो दाउ असफल भएमा काग्रेसको प्रतिष्ठा र गरिमा र काग्रेसकै इतिहासमा यौटा प्रस्न सधै उपस्थित भइरहन्छ । अझ काग्रेसले कम्युनिष्टमा विस्वास गरेर आफुलाइ दाउमा राख्नु कति उचित छ ? इतिहासमा पटक पटक वाम सक्तिबाट घात ब्योहरेको काग्रेस यसपटक काग्रेसको दाउ मा फेरी घात हुदैन भन्न सकिन्दैन !

प्राय सबै दलको विस्वास प्राप्त प्रचण्डको सरकार राष्ट्रिय सहमती , साझा सहमतीमा नै राष्ट्रपति वनाउने विचार पनि संदेह पुर्ण हुदै गएको छ ! यस्तो अवस्थामा एमाले भित्रका नेता मा काग्रेसले राष्ट्रपतिमा सहमती नजनाउने र काग्रेसको उम्मेदवारलाइ सातदलिय गठवन्धन भित्रको सहमती विरुध्द हुनाले एमाले नमान्ने हुदा के प्रचण्डले साझा सहमतिकोनाममा तिश्रो विकल्प प्रस्तुत गर्दा के यि दुइ राजनीतिक दलले सहमती जनाउन सक्छन त?

काग्रेसले नदेखेको खतरा यहाबाट सुरु हुन्छ! काग्रेसले प्रचण्ड नेतृत्वको सरकारलाइ विस्वासको मत दिएर काग्रेसले आफैलाइ दाउमा राख्नु अन्य उदिय राजनीतिक घटनाले पनि काग्रेसको लागी अनुकुल देखिन्दैन !प्रधानमन्त्री प्रचण्डको राष्टिय सहमती ,साझा सहमतीको कुरा राजनीतिमा सुन्दा राम्रो छ तर त्यो त्यतिनै खतरनाक पनि हुन सक्छ जस्तो की अहिले राजावादीहरुले ” मेचि महाकाली ” अभियानम सुरु गरे त्यसमा विशेस गरेर पुर्व राजा ज्ञानेन्द्र सहित परिवारको उपस्थितीमा” राजा आउ देश बचाउ “‌को नारा घन्किनु र फाल्गुण सात गते प्रजातन्त्र दिवसको अवसर पारेर ” राजनीतिक दलहरुसंग सहकार्य गर्ने ” विचार व्यक्तले प्रचण्डको राष्ट्रीय सहमती , साझा सहमती र पुर्व राजा ज्ञानेन्द्रको” राजनीतिक दल संग सहकार्य” के यो संयोग मात्रै हो? राजनीतिमा यस्ले केही अर्थ राख्छ?

महाभारतमा पाण्डवले द्रोपतीलाइ नै जुवामा राखेर पाण्डवको वनवास भएजस्तै , याहापनि सकुनी जाल जस्तै काग्रेसले विस्वासको मत दिएर राखेको दाउ भोली काग्रेसमा पाण्डवको जस्तो परिस्थिति हुन पनि सक्छ।