शान्ति प्रक्रिया टुङ्गोमा पुर्याउन माओवादी केन्द्रका अध्यक्ष दोषी

277 Shares

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले शान्ति प्रक्रिया टुङ्गोमा पुर्याउन माओवादी केन्द्रका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै नचाहेको आरोप लगाएका छन ।

पार्टीले आज ललितपुर स्थित केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन । उनले आफू पहिलो पटक प्रधानमन्त्री भएको समयमा नै द्वन्द्वकालीन मुद्दा टुङ्गो लगाउन आग्रह गर्दा प्रचण्डले बेवास्ता गरेको बताए ।