सत्ता गठबन्धनको बैठक बस्दै,मन्त्रिपरिषद् विस्तारबारे छलफल

233 Shares

काठमाडौँ । सत्ता गठबन्धनको बैठक आज मङ्गलबार बस्ने भएको छ । सत्ता गठबन्धनमा रहेका तीन शीर्ष दलबीच मङ्गलबार अपराह्न ४ बजे बैठक राख्ने सहमति भएको हो ।

बैठकमा मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल हुनेछ ।

सत्ता गठबन्धन आबद्ध दलहरू सहमतिमा पुग्न नसक्दा सरकार विस्तारमा ढिलाइ भइरहेको छ । सत्ता गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगायत दल आबद्ध छन् ।