रविको पार्टी भ्रष्टाचारमा चुर्लुम्म, मन्त्री बन्न साढे २ करोड मागेको अडियो बाहिरियो
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदलाई मन्त्री बन्न साढे २ करोड बुझाउनुपर्ने बाध्यता रहेको खुलासा भएको छ। गत निर्वाचनपछि रास्वपा सरकारमा गएको थियो। त्यो बेला सांसदहरुलाई मन्त्री बन्न २ करोड मागिएको खुलासा भएको हो।
रास्वपाका सांसद ढाका प्रसाद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई फोन गरेर साढे २ करोड मागेका छन्। प्रसाईँ र श्रेष्ठबीच भएको फोनको अडियो बाहिरिएको छ। अडियोमा श्रेष्ठले प्रसाईँसँग मन्त्री बन्न साढे २ करोड मागेका हुन्।
‘यो आन्तरिक कुरा हो। मुकुलजीलाई पनि थाहा छैन। मुकल पनि कोर टिम हुनुहुन्न के! त्यहाँ २÷३ जना हुनुहुन्छ। पार्टीलाई धेरै सहयोग गर्ने। त्यो टिमबाट कुरा आएको हो। आज मैले पैसा फिक्स गर्नुपर्छ। उधार हुन्न भन्छन् फेरी। साढे २ भनेका छन्। अहिले एक दियो भने पनि मान्छन् होला। अरु चेक दियो मान्छन्,’ उनले प्रसाईँसँग भनेका छन्।

