घरघरमा योग संस्कृतिको विकास गरिनुपर्नेमा माओवादी सांसदको जोड
काठमाडौँ । प्रतिनिधिससभा सदस्य तथा माओवादी केन्द्रकी नेतृ नारायणी शर्माले घरघरमा योग संस्कृतिको विकास गरिनुपर्ने बताएकी छन् । योगाको बहुआयामिक महत्व रहेको उल्लेख गर्दै शर्माले हरेक नागरिकलाई सुखी बनाउन योगाको भूमिका हुने बताइन् ।
जीवन विज्ञानका ललितपुर जिल्लामा रहेका जीवन विज्ञानका प्रशिक्षकहरुलाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा बोल्दै शर्माले यस्तो बताएकी छन् ।
गौतमबुद्ध जीवनयोग प्रयोगशााद्वारा ललितपुरको डिलाइट पार्टी भेन्युमा आयोजित उक्त कार्यक्रममा शर्माले योग र आध्यात्मको क्षेत्रमा जीवन विज्ञानले सरहानीय कार्य गरेको समेत टिप्पणी गरिन् ।
एक नारायण काफ्लेको अध्यक्षतामा शनिबार सम्पन्न कार्यक्रममा माओवादी केन्द्रका नेता ओम शर्मा, जीवन विज्ञान केन्द्रीय परिषद्का सहसंयोजक रामप्रसाद पन्थी, बागमती प्रदेश संयोजक रेखा कोइराला, सहसंयोजक सुरेन्द्रमान बिजुक्छेलगायतको सहभागिता थियो।
कार्यक्रममा अतिथिहरुलाई कल्याण मित्र रीता न्यौपानेले स्वगत गरेकी थिइन् । कार्यक्रममा सहभागीहरुले योग मानिसका लागि जरुरी रहेको भन्दै यसको महत्व र सान्दर्भिकताका विषयमा प्रकाश पारेका थिए । यस्तै नव वर्ष २०८० को अवसरमा शुभकामना आदानप्रदान समेत भएको थियो ।

