बारा–२ मा ‘पोस्टर वार’ गर्दै सीके राउत

220 Shares

काठमाडौं । जनमत पार्टीले बारा–२ मा आफ्नो उम्मेदवारबाहेक अरु सबै दलका उम्मेदवार ‘बाहिरिया’ भएको भन्दै प्रचारप्रसारलाई आक्रामक बनाउँदै गइरहेको छ ।

सो पार्टीले आफ्नो उम्मेदवारलाई ‘धर्तीपुत्र’ तथा अरु उम्मेदवारलाई ‘बाहिरिया’ (बाहिरबाट आएका) भन्दै पोस्टर नै बनाएर प्रचारप्रसारलाई तीव्रता दिएको छ । सोही पोस्टर फेसबुक तथा अन्य सामाजिक सञ्जालमा पनि व्यापक रुपमा देख्न सकिन्छ ।

जनमत पार्टी सबैभन्दा बढी जसपाका अध्यक्ष उपेन्द्र यादवमाथि आक्रामक देखिएको छ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले उपेन्द्र यादवलाई ‘फिरङ्गी’, ‘बाहिरिया’ भन्नुको साथै ‘काला नाग’ जस्ता शब्द प्रयोग गरेर सम्बोधन गरिरहेका छन् ।

उनले आफूलाई बाघलाई र उपेन्द्र यादवलाई स्यालको संज्ञा दिएर पोस्टरहरु फेसबुकमा राखेर प्रचार गरिरहेका छन् । उनले आफ्नो आधिकारिक फेसबुकबाट सार्वजनिक गरेको पोस्टरमा भनिएको छ, ‘झुण्ड में तो गिदढ आते हैं, शेर अकेला ही आता हैं’ । अर्थात् समूहमा स्याल आउँछ, सिंह एक्लै आउँछ भनेर उनले गठबन्धनको साथ लिएर उपेन्द्र यादवले उम्मेदवारी दिएकोप्रति कटाक्ष गरेका हुन् ।

२०५१ सालको मध्यावधि चुनावमा बारा क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका राधेचन्द्र यादव निर्वाचित भए । उनी पनि बारा क्षेत्र नम्बर २ का नरहेको राउतले दाबी गरेका छन् । कांग्रेसले उनै बाहिरिया राधेन्द्र यादवलाई पुनः २०७० को निर्वाचनमा पनि बारा २ बाटै उम्मेदवार बनाएको र उनी निर्वाचित समेत भएको राउतले टिप्पणी गरेका छन् ।

२०७४ र २०७९ मा निर्वाचनमा जसपाले पनि बारा–२ मा बाहिरिया उम्मेदवार रामसहाय प्रसाद यादवलाई उम्मेदवार बनाएको र चुनावसमेत जिताएको उल्लेख गर्दै उनले बारा निर्वाचन क्षेत्र नम्बर २ मा आक्कलझुक्कल स्थानीय उम्मेदवार विजयी हुनुबाहेक पछिल्ला चारवटा निर्वाचनमा बाहिरिया उम्मेदवार नै विजयी भएको दाबी गरेका छन् ।

बाहिरका उम्मेदवारले बारा–२ बाट जितेर गएपछि शिक्षा, स्वास्थ्य, भौतिकपूर्वाधार लगायतमा काम नभएको दाबी गर्दै उनले अहिले पनि उपेन्द्र यादव, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल र एमालेका पुरुषोत्तम पौडेल बाहिरिया रहेको र बाराका जनताले सही निर्णय गर्ने बेला आएको बताएका छन् ।

त्यसको जवाफ दिँदै लोसपाका नेता सन्तोष मेहताले आफ्नो फेसबुकमा बारा २ पनि नेपालमै रहेको र राष्ट्रिय राजनीतिमा प्रभाव पार्न सक्ने, त्यस्तो कानुन÷नीति निर्माणमा भूमिका खेल्न सक्ने योग्य उम्मेदवारलाई छनोट गर्न बारावासीलाई आग्रह गरेका छन् ।

जति फराकिलो धर्तीका लागि लड्नु छ, त्यति नै फराकिलो धर्तीको पुत्र खोज्नुपर्ने बताउँदै उनले उम्मेदवार स्थानीय हुनुपर्छ भन्ने आवाज उठाउनेहरुलाई स्थानीय निर्वाचन लड्दा उपयुक्त हुने सुझाव दिएका छन् ।

प्रदेश सांसद कुनै पनि जिल्ला, निर्वाचन क्षेत्र वा वडाको भए पनि प्रदेश सांसदले प्रदेशभरिको कानुन, नीति बनाउने हो । संघीय सांसदले देशभर प्रभावित हुने कानुन र नीति बनाउने हो भन्दै उनले प्रदेश सांसदका लागि सम्बन्धित प्रदेश गृह प्रदेश हो भने संघीय सांसदका लागि पूरै देश नै गृह रहने उल्लेख गरेका छन् ।

त्यसरी नकारात्मक पोस्टर बनाएर जनमतले गरेको प्रचारलाई नेता मेहताले विरोध गरेका छन् । उनले त्यसलाई अराजनीतिक र अज्ञानको प्रवाह भनेर टिप्पणी गरेका छन् ।