झापाको कार्यक्रमको लागि गएका पार्टी अध्यक्ष केपीओली माथि अभद्र व्यवहार

325 Shares

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले झापाको कार्यक्रमको लागि गएका पार्टी अध्यक्ष केपीओली माथि अभद्र व्यवहार भएको कुरा सदनले जानकारी गराएका छन् ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकको बिशेष समयमा बोल्दै गिरीले अध्यक्ष ओली झापाको भद्रपुर एयरपोर्टबाट बुधबारेको कार्यक्रम स्थलमा पुग्नलाग्दा उनि विरुद्ध होहल्ला गर्ने, पार्टी गतिविधि गर्न लाग्दा अवान्छित गतिविधि गर्ने, शान्ति भंग गर्ने गतिविधि भएको प्रति आपत्ति जनाए ।
हामी यो मुलुकमा लोकतन्त्र संस्थागत भएको हेर्न चाहन्छौँ । सुशासन र विकासको बाटोमा देश अघि बढोस् भन्ने हामी चाहन्छौँ र आम जनतालाई यो व्यवस्था प्रति विश्वास जगाउन चाहन्छौँ ।
हामीले लडेर लोकतन्त्र ल्यायौं तर आज एउटा कार्यक्रममा एमालेको नेतृत्व सहभागी हुन जाँदा जुन किसिमले ढुङ्गामुढा गर्ने कोसिस गरिन्छ, कार्यक्रम भाँड्न र अशान्ति उत्पन्न गर्न खोजिन्छ, त्यसमा सत्तापक्ष भित्रै कार्यकर्ता घुसपैठ गरिएको आरोप लगाए ।