पूर्व जाँदा आफूमाथि निरन्तर आक्रमणको प्रयास भएको ओलीको रोदन
काठमाडौं – एमाले अध्यक्ष केपी ओली यसपटक निकै आक्रोशित देखिएका छन् । आफूलाई चतुर र लोकप्रिय नेता भएको दाबी गर्ने ओलीले यसपटक झापा, इलाम, तेह्रथुम, पाँचथर जाँदा निरन्तर आक्रमणको सामना गरेका छन् ।
कोसी प्रदेशको नाम खारेज हुनु्पर्ने भन्दै पहिचानवादी दल र समूहका कार्यकर्ताले उनीमाथि आक्रमणको प्रयास गरेका हुन् । सोही कारण अहिले ओली क्रुद्ध देखिएका छन् ।
उनले आफूमाथि सत्तारुढ दल, राजावादी तथा पहिचानवादी पक्षधरले ज्यान मार्नेसम्मको प्रयास गरेको गुनासो गरेका छन् । नेपालको पूर्व क्षेत्रको भ्रण्मा सकेर काठमाडौं आएका उनले ललितपुरको च्यासलस्थित एमाले पार्टी मुख्यालयमा आफूमाथि निरन्तर आक्रमणको प्रयास भएको गुनासो गरेका थिए ।
पूर्वमा अध्यक्ष ओलीको बाटो छेक्नेदेखि कालो झण्डा देखाउने, ढुंगा प्रहारसम्म गरिएको थियो । आफूमाथि निरन्तर आक्रमणको प्रयास भए पनि सरकार आक्रमणकारीलाई पक्रेर केही गर्न असफल भएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।
ओलीले २०–२५ जना केटाको एउटै समूहले आफूलाई झापा, इलाम, पाँचथरमा आक्रमणको प्रयास गरेको दाबी गरेका थिए । ‘हरेक ठाउँमा उनीहरूले निषेध गर्न खोज्ने, बाटो छेक्न खोज्ने, रुख ढालेर छेक्न खोज्ने, कहीँ ढुङ्गा हान्ने, कहीँ भिडन्त गर्न आउने ।
त्यस प्रकार उनीहरूले अनेक ठाउँमा आक्रमण गरे । त्यो खालको उद्दण्डतामा सरकारले उनीहरूलाई केही गर्न सकेन,’ उनले भने ।
पाँचथरमा ओलीविरुद्ध नाराबाजीसहित कालो झण्डा प्रदर्शन, इलाम प्रवेशमा रोक्ने प्रयास, इलाम नगरपालिका–१० गोदकमा रुख लडाएर बाटो अवरोध गरेका थिए । ‘त्यो म आफैँले देखेर, भोगेर आएको छु,’ उनको भनाइ थियो ।

