नक्कली शरणार्थी प्रकरणमा मेरो कुनै संलग्नता छैन: मुख्यमन्त्री चौधरी

314 Shares

नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बताएका छन्।

शरणार्थी प्रकरणमा आफ्नो नाम विभिन्न सञ्चारमाध्यममा आएकोप्रति गम्भीर ध्यानाकर्षण भएको मुख्यमन्त्री चौधरीले बताए ।

मुख्यमन्त्री चौधरीले सो प्रकरणमा आफू कहीँ कतै पनि नजोडिएको बताए । सञ्चार माध्यमलाई सत्यतथ्य बुझेर मात्रै समाचार प्रकाशन गर्न उनले आग्रह गरे ।

मिडियालाई बलियो बनाउनका लागि प्रदेश सरकारले पत्रकार र सञ्चार गृहका लागि विशेष योजना बनाएको उनको भनाइ थियो ।