नाउपाको अल्टिमेटमः तीन दिनभित्र माग पूरा नभए सरकारलाई दिएको समर्थनबारे सोच्न बाध्य हुनेछौं

332 Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सरकारलाई तीनको अल्टिमेटम दिएको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता लक्ष्मण थारुले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरे।

उनले भने, ‘लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई तीन दिनको समय दिएका छौं । तीन दिनभित्र हाम्रो माग सुनुवाइ भएन भने हामी सरकारको समर्थन र सहभागिताबारे सोच्न बाध्य हुनेछौं।’