शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई तीन दिन हिरासतमा राख्न अनुमति
नेपालगन्ज । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १४ जनालाई फेरि थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।
पूर्वगृहमन्त्री बालकृष्ण खाँड, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित १४ जनालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको हो ।
आजसम्म पक्राउ परेकाको बयान जिल्ला सरकारी वकिलको कार्यालयमा सकिएको छ ।
बयान नसकिएकाले अनुसन्धानका लागि तीन दिनको म्याद थप गरिएको काठमाडौं प्रहरी परीसरका प्रवक्ता सीताराम रिजालले बताए । पक्राउ पुर्जी जारी भएका दुई जना अझै फरार छन् ।

