नेपालगञ्ज उपमहानगरपालिका वाड नं ११ मा राष्टिय परिचय पत्र बनाउने अभियान सञ्चालन
श्याम कुमार साहू – नेपालगञ्ज उपमहानगरपालिका वाड नं ११ मा राष्टिय परिचय पत्र बनाउने अभियान सञ्चालन भएको छ ।
वडा अध्यक्ष नन्द किशोर कश्यप दिएको जानकारी अनुसार जिल्ला प्रशासन कार्यालय बाट ३ जना कर्मचारी पठाईको हो । तर हामी आफै जनता को कामको लागि र हाम्रा सदस्य राजेश वैश्यले सम्पूर्ण जनता लाई सहज रूपमा परिचय पत्र बनाउने काममा सहयोग दिएका हुन ।
वडा सदस्य राजेश वैश्य ले भन्छन की एक दिन आगामी देखि नै हामी आफ्नो सम्पूर्ण वडा मा मैकिङ गरी जानकारी दिएको हो । सदस्य बैश्य आफै घर घर मा खटिएर पनि सूचना दिएका हुन । सदस्य वैश्य ले सहजीकरण को लागि टोकन सिस्टम लागू गरेर वितरण गरेका हुन। वैश्य ले भन्छन की हामी बिहान १० बजे देखि १०:३० बजे सम्म टोकन वितरण गर्दै छौँ । यस बाट पनि जनता लाई धेरै सहज भएको बताएका हुन ।
वडा सदस्य वैश्यले सम्पूर्ण जनता हरु लाई अनुरोध गरेका छन् की सके सम्म मा कार्यालयमा आफ्नो नागरिकता लिएर टोकन लिने आग्रह गरेका हुन ।

