प्रधानमन्त्री प्रचण्डलाई ओलीले सोधे– नेपालको सीमा सुरक्षित नै छ ?

328 Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकको भौगोलिक सीमा सुरक्षाको विषयमा चासो राखेका छन् ।
संसद बैठकमा उनले प्रधानमन्त्री प्रचण्डलाई सोधे, ‘लिम्पियाधुरा लिपुलेक र कालापानीको अहिलेको अवस्था के छ ? सुरक्षित छ ?’
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे सरकारको नीति तथा कार्यक्रममा केही उल्लेख नगरिएको भन्दै आपत्ति जनाए।
कालापानी क्षेत्रमा भारतले नयाँ संरचना बनाइरहेको कुरा आइरहेको उल्लेख गर्दै त्यसको यथार्थबारे सदनलाई तत्काल जानकारी गराउन समेत सरकारसँग माग गरे।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा लिपुलेक, कालापानी र लिम्पियाधुराको विषय राख्नुपर्ने पनि ओलीको सुझाव थियो ।