जनमत पार्टीले निर्वाचित जनप्रतिनिधिबारे जनमत संग्रह गर्ने
राजविराज । जनमत पाटीले जनमत संग्रह गर्ने भएको छ । आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिको काम सन्तोषजनक रहे÷नरहेको बारे जनमत संग्रह गर्न लागेको हो ।
अध्यक्ष सीके राउतले जनप्रतिनिधिको काम सन्तोजनक नरहे फिर्ता बोलाउने पार्टीको नीति रहेको जानकारी गराउँदै आगामी ६ गते जनमत संग्रह गर्न लागिएको जानकारी दिएका हुन् ।
मतदानको व्यवस्था जनमत पार्टी निर्वाचित भएका सम्बन्धित स्थानीय तहले नै मिलाउने छन् ।
‘तपाईंको जनप्रतिनिधिले जनमत पार्टीको अवधारणा अन्तर्गत जनताको लागि काम गरेको छ कि छैन ?’ भन्ने प्रश्नमा मतदान हुने अध्यक्ष राउतले बताएका छन् । भोटिङमा २०८० वैशाख ३० गतेसम्म सदस्यता लिएका सम्बन्धित वडा÷पालिकाको जनमत पार्टीका सदस्यहरुले भाग लिन पाउने अध्यक्ष राउतद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।

