नगर कमिटीलाई बलियो बनाउन धनराजले पाए कार्यबाहक सभापतिको जिम्मेवारी
नेपालगन्ज । नेपाली कांग्रेस नेपालगन्ज नगर कमिटीको कार्यबाहक सभापतिको जिम्मेवारी धनराज बर्माले पाएका छन् ।
नेपालगन्जका कांग्रेस नगर सभापति एवम् नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले उपसभापति बर्मालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएको नेपालगन्ज नगर कमिटीले जानकारी दिएको छ ।
नेपालगन्जका मेयर समेत रहेका नगर सभापति विष्टले नेपालगन्जको समग्र विकास र जनताका कार्यहरु गर्नुपर्ने भएर पार्टीलाई दिन सक्ने समय अभावका कारण नगर कमिटीलाई चुस्तरुपले चलाउन उर्जावान एवम् पार्टीप्रति कर्तव्यनिष्ट उपसभापति बर्मालाई केही दिन अघि कार्यबाहक सभापतिको जिम्मेवारी दिएका हुन् ।
नगर सभापतिले आफूलाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएपछि नगर कमिटीलाई चुस्त-दुरुस्तरुपले अगाडि लैजाने बर्माले बताए । कार्यबाहक सभापति बर्मा बाँके कांग्रेसका एक जुझारु युवा नेतामा पर्छन् ।

