राष्ट्रिय सभामा आज अर्थमन्त्री महतले जवाफ दिने

310 Shares

काठमाडौं । आज बस्ने राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आज जवाफ दिने भएका छन्।

बिहान ११ बजेर ३१ मिनेटमा सुरु हुने बैठकमा बोल्न बाँकी सांसदले आर्थिक वर्ष २०८०-८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि को छलफलमा भाग लिइसके पछि अर्थमन्त्रीले उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूची सार्वजनिक गरिएको छ।

संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जारी गरेको आजको बैठकको सम्भावित कार्यसूचीमा अर्थमन्त्री महतले जवाफ दिने उल्लेख छ।