प्रहरीले सुरु गर्यो कर्णालीका घरघरमा स्टिकर टाँस अभियान

265 Shares

सुर्खेत । कर्णालीका घर-घरमा प्रहरीको फोन नम्बर सहितको स्टिकर टाँस्ने अभियान सुरु गरिएको छ ।

नागरिकको सेवा प्रवाहमा सहज र सजिलो होस भन्ने उदेश्यका साथ आजदेखि अभियान सुरू गरिएको छ ।

उपप्रधान तथा रक्षामन्त्री पुर्ण बहादुर खड्काले आज वीरेन्द्रनगर-२ कोलडाडाका घरहरूबाट स्टिकर टाँस्ने अभियानको शुभारभ गर्दै असुरक्षित भएमा अथवा शंकास्पद बस्तु फेला परे वा अन्य केही समस्या आइपरेमा घर नजिकै रहेको प्रहरीलाई खबर गर्न अनुरोध गर्दै अभियान सुरु गरेका हुन् ।

रक्षामन्त्री खड्कासँगै कर्णाली सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसी र वीरेन्द्रनगरका मेयर मोहनमाया ढकाल घर-घरमा स्टिकर टाँस्न पुगेका थिए ।

घर-घरमा स्टिकर टाँस्ने अभियान अन्तर्गत ३ हजार प्रहरी परिचालित भएको र यो अभियान ३ महिनाभित्रै सकिसक्ने कर्णाली प्रदेशका डीआइजी भिमप्रसाद ढकालले जानकारी दिए ।