केन्द्रीय समिति बैठक लाइभ गर्ने सभापति देउवाको वामदेव गौतमले खुलेरै गरे प्रशंसा, कम्युनिस्टहरुलाई चुनौती

226 Shares

काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सदनबाटै खुलेर प्रशंसा गरेका छन् ।

सभापति देउवाले पार्टीको केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण गरेको विषयमा वामदेवले राष्ट्रियसभाको बैठकबाटै प्रशंसा गरेका हुन् ।

गौतमले भने, ‘कांग्रेसले केन्द्रीय समिति बैठकको लाइभ गरेको छ । यो कम्युनिस्टहरुलाई चुनौती हो । कम्युनिस्टहरु पार्टीहरु त्यो बाटोमा हिँड । सक्छौं कि सक्दैनौं ? अब गोप्य बस्नुपर्ने भ्रष्टाचार, व्ययभिचार र दुराचार गर्नको निम्ति हो । त्यो बाहेक गोप्य बस्नुपर्ने कुनै कारण छैन । संघीय लोकतान्त्रिक गणतन्त्र आइसक्यो, सबै आइसक्यो । समृद्ध यही बाटोबाट गर्न सक्छौं । त्यसो भएर (देउवाजीले) खुला गरेर धेरै राम्रो काम गर्नुभएको छ । कांग्रेसले धेरै राम्रो गरेको छ । नेपाली कांग्रेसलाई मेरे बधाई छ । त्यही बाटोमा कम्युनिस्टहरु पनि हिँड्नुपर्छ ।’