प्रधानमन्त्री दाहालसँग राष्ट्रसंघीय उच्च प्रतिनिधि फतिमाको भेट

316 Shares

न्यूयोर्क: संयुक्त राष्ट्रसंघको ७८औं महासभामा नेपालको नेतृत्व गर्दै न्यूयोर्क आएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राष्ट्रसंघीय उच्च प्रतिनिधि रवाव फतिमाले भेट गरेकी हुन्।

मंगलबार राष्ट्रसंघका लागि अतिकम विकसित देशहरू तथा भुपरिवेष्टित विकासशील देशहरूका लागि उच्च प्रतिनिधि फतिमाले प्रधानमन्त्री दाहालसँग भेट गरेकी हुन्।

न्यूयोर्कस्थित नेपालको स्थायी नियोगले दिएको जानकारीअनुसार भेटका अवसरमा दुबैबीच सामूहिक चासोका विभिन्न विषय र अल्पविकसित देशहरूको चासोलाई बहुपक्षीय फोरममा कसरी प्रोत्साहन गर्ने भन्ने विषयमा छलफल भएको थियो ।