प्रधानमन्त्री दाहाल र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेटघाट

350 Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटघाट भएको छ।

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन न्युयोर्क पुगेका प्रधानमन्त्री दाहालले अमेरिकी राष्ट्रपति बाइडनसँग औपचारिक भेटघाट गरेको उनका निजी सचिवालयले जनाएको छ। भेटमा नेपालको हितमा अमेरिकाले गर्न सक्ने सहयोगबारे कुराकानी भएको थियो।

भेटमा प्रधानमन्त्री दाहालले अमेरिकी राष्ट्रपति जो बाइडेन र जिल बिडेनलाई न्यानो स्वागत तथा आतिथ्यका लागि धन्यवाद व्यक्त गरेका छन्।