यो वर्षदेखि इन्द्रजात्रालाई ‘विश्वव्यापीकरण’ गर्न लागेका छौँ : मेयर बालेन्द्र शाह

487 Shares

काठमाडौंः  काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले यो वर्षदेखि इन्द्र जात्रालाई विश्वव्यापीकरण गर्न लागेको जानकारी दिएका छन्।

इन्द्रजात्रा पर्व सञ्चालनका लागि जानकारी दिन बुधबार काठमाडौं महानगरपालिकाले काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मेयर शाहले इन्द्र जात्रा पर्यटकीय सम्भावनाको आकर्षक क्षेत्र रहेको र यसको गरिमालाई देशभरि नै अपनत्व गराउन तथा अन्तर्राष्ट्रिय स्तरमा प्रबर्धन गर्न काठमाडौ महानगरपालिकाले जावा अवलोकनका लागि देशभित्र बाहिरबाट पाहुना बोलाएको जानकारी दिए।

महानगरपालिका र उपत्यकाको चिनारीसँग जोडिएको इन्द्र जात्राका औपचारिक कार्यक्रमहरु सुरु भइसकेका छन्।

यसको एउटा विम्ब इन्द्रजात्रा क्याु पर्व हो। यसको सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक तथा सामाजिक पक्षको अन्तरघुलन अद्वितीय छ। धार्मिक सहअस्तित्व स्वीकार गरेर हिन्दू र बौद्ध धमावलम्बीले एउटै पर्वलाई आफ्ना आफ्ना विधिवाट मनाउनु दिएको सन्देश गहिरो रहेको शाहले बताए।

ुयो असल कामको शुरुवात गर्ने तत्कालीन नगरप्रमुख, उपप्रमुखसहित योजनामा सहभागी सबैलाई धन्यवाद दिन चाहन्छु। यस वर्ष हामीले भगिनी सम्बन्ध भएका राष्ट्रिय, अन्तरराष्ट्रिय नगरसँगै दक्षिण एशियाली मुलुकका राजधानी सहरबाट प्रमुख र उपप्रमुखलाई जात्रा अवलोकन गर्न आमन्त्रण गरेका छौ। यस्तै नेपालका सबै महानगरका प्रमुख र उपप्रमुख तथा काठमाडौ उपत्यकाका सबै नगरपालिकाका प्रमुख र उपप्रमुखलाई निमन्त्रणा गरिसकेका छौु, उनले भने।