सांसद धवलले बाँकेको नेपालगञ्जमा हिंसा भड्किन नदिन, घटना तत्काल नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण
राप्रपाका सांसद धवल शमशेर जबराले बाँकेको नेपालगञ्जमा हिंसा भड्किन नदिन तथा घटना तत्काल नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
आज प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर उनले जुनसुकै हिंसा भए पनि तत्काल नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
‘सभामुख महोदय बाँकेको नेपालगञ्जमा कर्फ्यू लागेको छ । चाहे मधेसमा होस् वा कोशीमा होस् वा नेपालगञ्जमा भएका हिंसाका घटना होस् । हिंसालाई तत्काल नियन्त्रण गर्न सकारको ध्यानाकर्षण गराउँछु’, उनले भने, ‘देशभर हिंसा भड्किनुको मुख्य जड मोबाइल नेटवर्क भएकाले त्यसलाई तत्काल बन्द गर्न आग्रह गर्छु ।’

