भूकम्पका कारण बझाङमा केही घर भत्कियो , भारतमा भुकम्पले भागाभाग

255 Shares

धनगढी । सुदूरपश्चिम क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । भूकम्पका कारण बझाङमा केही घर भत्किएका छन् । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो २ बजेर ४० मिनेटरमा बझाङ केन्द्रविन्दु भएर ५.३ रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पले कति क्षति भयो भन्ने विवरण आउन बाँकी छ । यस्तै भारत नयाँ दिल्ली सहितका स्थानहरु मंगलबार दिउँसो दिल्ली-एनसीआर लगायत उत्तर भारतमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको थियो। भूकम्पका कारण लामो समयसम्म भूकम्पको धक्का महसुस गरिएको थियो। भूकम्पको तीव्रता यति शक्तिशाली थियो कि मानिसहरू तुरुन्तै घर र कार्यालयबाट बाहिर सडकमा निस्किए। भूकम्पको केन्द्रबिन्दु नेपाल रहेको बताइएको छ ।

आधा घण्टाको अन्तरालमा दुई पटक भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पको तीव्रता यति शक्तिशाली थियो कि दिल्लीदेखि उत्तराखण्डसम्म सम्पूर्ण उत्तर भारतमा धर्ती हल्लियो । उत्तराखण्डको खाटिमा जुन नेपाल सिमा सङ जोडिएको छ त्यहाँ पनि मानिसहरूले भूकम्पको धक्का महसुस गरेका हुन।