राप्ती स्नानका लागि वडा नं ०८ द्वारा निःशुल्क ब स सेवा

224 Shares

श्याम कुमार शाहु नेपालगन्ज – बाकेको नेपालगज बाट हरेक बर्ष झै यश बर्ष पनि राप्ती स्नान को लागि निशुल्क बस सेवा उपलब्ध भएको छ । हरेक बर्ष जस्तै यश वर्ष बिहान ५ बजे देखि नेपालगन्ज उद्योग व्यापार संघ नजिकै बाट नि: शुल्क बस सेवा सन्चालन गरेको हो । साथै यस वर्ष पनि नेपालगन्ज उपमहानगरपालिका को वडा न. ८ को कार्यालयले सहयोग गरेको हो । वडा अध्यक्ष रजनीश बाजपेयीले जानकारी दिदै आम जनतामा धार्मिक आस्था प्रतीक रहेको नहान मेलामा प्रत्येक बर्ष जस्तै हामी निशुल्क बस सेवा उपलब्ध गराएको छौ । नहान मेलाको लागि राप्ती नदि आउदा जादा निशुल्क बस सेवा रहने अध्यक्ष बाजपेयीले बताए । सदस्य तथा समाज सेवी विजय वैश्य ले भने कि हामी आफ्नो वडा लाई मात्रै नभएर संपूर्ण जन्ता को लागि निःशुल्क बस सेवा बिगत ६ वर्ष देखि गरी रहेका छौ । यो हाम्रो प्रयास निरन्तर रहने छ ।