निलम्बित प्रधानन्यायाधीश जबराको बयान सुरु

394 Shares

काठमाडौं: निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको आजको बयान सुरु भएको छ।

आफूमाथि लागेको महाभियोगबारे बयान दिन निलम्बित प्रधानन्यायाधीश जबरा साढे १२ बजे सिंहदरबार पुगेका थिए।

प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले जबराको बयान लिइरहेको छ। यसअघि समितिले भदौ १५ र १६ र १९ मा जबरासँग बयान लिएको थियो।

जबरामाथि अनुसन्धान गर्न ११ सदस्यीय समिति गठन गरिएको छ। जबरासँग प्रतिनिधिसभा, महाअभियोग सिफारिस समितिले भदौ १५ बाट बयान लिन सुरु गरेको हो।

जबरासँग प्रश्न सोध्न बाँकी रहेकाले आज समिति बैठक पुनस् बसेको हो। बयानका लागि ४३ वटा प्रश्न तयार पारिएका छन्। जसमध्ये हालसम्म ११ वटा मात्रै प्रश्न सोधिएका छन्।