सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बस्दै

330 Shares

काठमाडौंः दलहरुबाट प्रतिनिधिसभा र प्रदेशसभामा परेको बागी उम्मेदवारी र जसपाबाट सरकारमा रहेका मन्त्रीहरुका बारेमा छलफल हुने बताइएको छ।

जसपाले सत्ता गठबन्धन छाडेर प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग चुनावी तालमेल गरेका कारण उक्त पार्टीका मन्त्रीहरुलाई राजीनामा दिन आग्रह गर्ने वा बर्खास्त गर्ने भन्ने बारेमा छलफल हुने बताइएको छ।

एमालेसँग चुनावी तालमेलमा रहेको जसपाबाट प्रदीप यादव वन, मोहम्मद इस्तियाक राई भौतिक पूर्वाधार तथा यातायात, राजेन्द्र श्रेष्ठ संघीय मामिला तथा समान्य प्रशासन र मृगेन्द्रकुमार सिंह कृषिमन्त्री छन्।