प्रचण्डलाई भेट्न किन खुमलटार पुगे राप्रपा नेपालका ‘पाँच भाइ पदाधिकारी’ ?

341 Shares

काठमाडौंः  राप्रपा नेपालका अध्यक्ष कमल थापासँग असन्तुष्ट पदाधिकारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन् ।मंगलबार बिहान खुमलटार पुगेका राप्रपा नेपालका पाँच पदाधिकारीले प्रचण्डसँग छलफल गरेका हुन् ।

अध्यक्ष प्रचण्डलाई भेट्न राप्रपा नेपालका उपाध्यक्ष श्याम तिमल्सिना, महामन्त्री केशव श्रेष्ठ, सहमहामन्त्री दमन बस्नेत, कोषाध्यक्ष ज्ञानेन्द्र कार्की र प्रवक्ता सुरेश आचार्य पुगेको खुमलटार स्रोतले बतायो ।

राप्रपा नेपालका अध्यक्ष थापा मकवानपुर १ बाट एमालेको सहयोगमा चुनाव लड्दैछन् । आफ्नो चुनाव चिन्ह छाडेर सूर्यबाट लड्ने थापाको निर्णयप्रति पार्टीमा असन्तुष्टि बढेको छ । पछिल्लो समय पार्टीकेन्द्रित नभई एमालेको चुनावी प्रचारमा लागेको गुनासो गरिरहेका नेताहरूको प्रचण्डसँगको भेटलाई अर्थपूर्णरूपमा लिइएको छ ।

तर, अध्यक्ष थापाले भने आफ्नो पार्टी, विचारलाई जोगाउन चुनौती भएकाले सूर्य चिन्हको साथ लिएको बताउँदै आएका छन् । मैले राष्ट्रवादी पार्टीको रूपमा पहिचान बनाएको पार्टीसँग सहकार्य गरेको हुँ । मैले राष्ट्रिवादी अडान लिएकै कारणले मलाई सिध्याउन अनेक षड्यन्त्र भएको छ’ थापाले भनेका छन् ।