देउवालाई ‘लाईभ डिबेट’मा आउँन ओलीको चुनौती

356 Shares

काठमाडौंः नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई निर्वाचनको लागि खुला बहसको चूनौति दिएका छन् ।  आज  सामाजिक सञ्जाल फेशबुकमार्फत ओलीले यस्तो चूनौति दिएका हुन् ।

उनले पश्चिमा देशहरुमा निर्वाचनको समयमा यस्तो लाइभ डिबेट हुने गरेको भन्दै आफू डिबेटको लागि तयार रहेको बताएका छन् । उनले लेखेका छन्(“सामाजिक सञ्जालमा रहेका धेरै साथीहरुले ‘लाईभ डिबेट’मा आउन आग्रह गर्नु भएको छ।

धेरैजसोले मेरो र नेकॉका सभापति शेरबहादुर देउवाजीबीच एजेण्डा आधारित बहसका लागि सुझाव दिनु भएको छ। निर्वाचनको समयमा पश्चिमा देशहरुमा यस्तो डिबेट हुने गरेको छ । म त यसका लागि तयार छु, देउवाजी नि ? ”