सन्दीपविरुद्धको अभियोगमाथि आजदेखि थुनछेक बहस
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको अभियोगमाथि आजदेखि थुनछेक बहस सुरु हुँदै छ ।
काठमाडौं जिल्ला अदालतमा मंगलबार सन्दीपको बयान लिने क्रम सकिएसँगै आजदेखि थुनछेक बहस हुने जनइएको छ ।
मंगलबार भएको बयानमा सन्दीपले आफूलाई कसैको उक्साहटमा फसाइएको बयान दिएको सन्दीप पक्षका वकिलहरूको भनाइ थियो ।
सन्दीप पक्षका वकिलहरूले पीडित भनिएकी किशोरीको बयान शंकास्पद रहेको र जन्मदर्ता पनि शंकास्पद रहेकाले जन्मदर्ताका आधारमा आफूहरूले वकालत गर्ने बताएका थिए ।

