गण्डकी प्रदेशसभा ४: लोसपाबाट समानुपातिक सिटमा सिर्जना वोगटी

305 Shares

४ मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा गण्डकी प्रदेशको प्रदेश सभा सदस्यका लागी समानुपातिक सिटमा सिर्जना वोगटी उम्मेदवार भएकी छन् ।

वोगटीलाई लोकतान्त्रिक समाजवादी पार्टीले गण्डकी प्रदेशको क्षेत्र नम्बर ४ बाट समानुपातिक तर्फ सिफारिस गरेकाे हाे ।

उम्मेदवार बन्नेको सूचीमा महिलाको नाम कमै भइरहेका बेला पार्टीले आफुलाई विश्वास गरेर समानुपातिक उम्मेदवार बनाएकोमा निकै खुसी भएकाे बताउँदै उनले यस अवसरलाई सदुपयोग गरी उत्कृष्ट परिणाम दिने बताएकी छन् । उनले भनिन्, ‘मलाइ अब महिलाले अवसर पाए केही गर्न सक्छन् भन्ने देखाउनुछ ।’

विगत लामो समय देखी त्यस क्षेत्रको विकासका लागि काम गर्दै आएकी उनी यसलाई निरन्तरता दिन पनि आफू निर्वाचित हुनुपर्ने बताउँछिन् ।

विशेषगरी महिलाका अनेकौ समस्याहरु आफुले नजिकबाट नियालेकाे र ती समाधान गर्न महिलाहरुको प्रतिनिधिको रूपमा पनि आफ्नो उम्मेदवारी भएको उनले बताएकी छन् ।