दार्चुलाबाट सुरु हुँदै एमालेको चुनावी अभियान, ओली धनगढीमा

325 Shares

काठमाडौं : मंसिर ४ गते हुने आम निर्वाचनका लागि लागि नेकपा एमालेले आज दार्चुलाबाट चुनावी अभियान सुरू गर्दैछ। त्यसका लागि एमाले अध्यक्ष केपी शर्मा ओली गएराति कैलालीकाे सदरमुकाम धनगढी पुगिसकेका छन्।

आफ्नो नेतृत्वमा सरकार बनेको बेला नेपालको छुटेको भूभाग समेटिएर नक्सा जारी भएको विषयलाई चुनाबी एजेण्डा बनाएको एमालले दार्चुलाबाट चुनावी अभियान सुरु गर्न लागेको हो।

एमाले अध्यक्ष केपी शर्मा ओलीले दार्चुलाको सदरमुकाम खलंगामा आयोजित जनसभालाई सम्बोधन गरेर राष्ट्रव्यापी चुनावी यात्राको आरम्भ गर्ने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।

उनका अनुसार ओलीले आजै बैतडी र कञ्चनपुरमा आयोजित सभालाई पनि सम्बोधन गर्नेछन्। चुनावी अभियानका क्रममा ओली ४० वटा जिल्लामा पुग्ने गरी कार्यक्रम तय भएको रिजालको भनाइ छ।

मंसिर ४,ओली सरकार, मिसन १५० भन्ने नाराका साथ नेकपा एमाले चुनावी मैदानमा उत्रेको छ।