उपेन्द्र यादवको विजोग

329 Shares

काठमाडौंः अन्तिम समयमा नेकपा एमालेसँग सहकार्य गरेका जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवको विजोग भएको छ । आफूलाई मधेस आन्दोलनको मसिहा मान्ने यादवलाई यसपटक ठूलो धक्का लागेको हो ।

सप्तरी २ मा यादवले ल्याएको भोट भन्दा दोब्बर बढी भोट जनमत पार्टीका अध्यक्ष सीके राउतले ल्याएका छन् । राउतलाई विजय घोषणा गर्न मात्र बाँकी छ । राउतले २७ हजार ९ सय २७ भोट ल्याएका थिए तर यादवले १४ हजारर ८५ मात्र भोट ल्याएका छन् । राउतले शुरु देखि नै यादव भन्दा दोब्बर भोटले अगाडि छन् ।

६ वर्ष अगाडि सप्तरीको मलेठ घटनालाई बिर्सेर यादवले एमालेसँग सहकार्य गरेका थिए । ‘तर सप्तरी २ को मलेठ घटनालाई जनताले बिर्सेनन् । त्यसैले यसपटक उपेन्द्र यादवलाई सप्तरीबासीले स्वीकार गरेनन् । सप्तरीका मतदाता महेश यादव भन्छन्, ‘यो उहाँले गरेको गम्भीर भुल थियो ।’