सुकुम्बासीलाई हटाउने कार्य तत्काल नगर्न भूमि आयोगको निर्देशन

309 Shares

काठमाडौँ । राष्ट्रिय भूमि आयोगले भूमिहीन सुकुम्बासीलाई हटाउने कार्य तत्काल नगर्न निर्देशन दिएको छ ।

आयोगले आज गोरखापत्रमा एउटा सूचना प्रकाशित गर्दै भूमिहीनहरुको लगत संकलन, प्रमाणीकरण, निस्सा वितरण, जग्गा नापजाँच तथा लालपुर्जा वितरण कार्य सम्पन्न नभएसम्म भूमिहीन सुकुम्बासीलाई हटाउने कार्य नगर्न काठमाडौं महानगरसहित सबै स्थानीय तह तथा सरकारी र गैरसरकारी निकायलाई निर्देशन दिएको हो ।

आयोगले सुकुम्बासी तथा भूमिहीनको लगत सङ्कलन गर्न, प्रमाणीकरण, निस्सा वितरण, जग्गा नाप जाँच र लालपुर्जा वितरण लगायतका काम गर्न आवश्यक तयारी भइरहेको पनि जनाएको छ ।

आयोगले निर्वाचन आचारसंहिताका कारण गत भदौ ३१ देखि भूमिहीनको लगत सङ्कलनलगायत काम रोकेको थियो ।