एमालेको सचिवालय बैठक बस्दै, चुनावी समीक्षा गर्दै समानुपातिक सांसदको सूची तयार पार्ने
प्रतिनिधिसभा निर्वाचनबाट संघीय संसद्को दोस्रो ठूलो दल बनेको नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । चुनावी समीक्षा गर्न र समानुपातिकबाट सांसदको सूची तयार पार्न एमाले सचिवालय बैठक बस्न लागेको हो ।
बैठक शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको उपमहासचिव समेत रहेका प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । बैठकले समानुपातिकको सूची टुंग्याउने सम्भावना छ । निर्वाचन आयोगले दलहरूलाई शनिबारसम्म समानुपातिकको सांसदको नामावली दिन निर्देशन दिएको छ ।
४ मंसिरमा भएको निर्वाचनमा एमालेले प्रतिनिधि सभामा समानुपातिकतर्फ ३४ सिट पाएको छ ।

