यी हुन् जसपाबाट बन्ने समानुपातिक सांसद

454 Shares

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधिसभाका सदस्यका लागि समानुपातिक सांसदको नामावली निर्वाचन आयोगमा बुझाएको छ।

पार्टीको कार्यकारिणी समितिको बैठकले पाँच जना नाम आयोगलाई बुझाएको जसपा अध्यक्ष उपेन्द्र यादवका प्रेस संयोजक महेश चौरसियाले जानकारी दिए।

यसरी सिफारिस हुनेमा प्रकाश अधिकारी, सुशीला श्रेष्ठ, रेखा यादव, रञ्जु ठाकुर र सहनाज रहमान छन्।

पार्टीले प्रदेशसभा सदस्यका लागि पनि समानुपातिक सांसदको नाम टुङ्ग्याएको छ।