ओली र केसीबीच भेटवार्ता, के–के भयो कुराकानी ?

424 Shares

काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीबीच भेटर्वार्ता भएको छ । ओली निवास बालकोटमा झण्डै दुई घण्टा भएको भेटमा समसामयिक राजनीतिक घटनाक्रम तथा जनजीविकाका सवालमा छलफल भएको जनाइएको छ ।

भेटमा सरकार गठन, अर्थतन्त्र सुधारको सन्दर्भमा दलहरुबीच एकता, सहकार्यबारे छलफल भएको नेता केसीले जानकारी दिए । आइतबार साँझ भएको भेटमा द्वन्द्वकालीन कांग्रेस र एमालेबीच मुद्दाहरु किनारा लगाउने सहमति हुनुपर्ने, नयाँ नक्सा अनुसारको भूगोल नेपालले उपभोग गर्न भारतीय पक्षसँग वार्ता गर्न दलहरु एकमत हुनुपर्नेमा छलफल भएको बताइएको छ । भ्रष्ट्राचारविरुद्व एक भएर लड्ने प्रतिवद्वता, अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको सन्दर्भमा नेपालमा मूल्य घटाउन सत्तापक्ष र प्रतिपक्षको एउटै आवाज हनुपर्ने विषयमा छलफल भयो’, केसीले भने ।

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको नतिजा सार्वजनिक भएसँगै सरकार गठन तथा सहकार्य सम्बन्धमा नेताहरूले भेटवार्तालाई तीव्रता दिएका छन् । चुनावमा कसैको स्पष्ट बहुमत नआएकाले गठबन्धनको सरकार बन्ने निश्चित छ । यसबीच कांग्रेस र एमाले मिलेर सरकार बनाउने चर्चा पनि चलिरहेका छन् ।