पथराबुधरामको पोल्ट्रि फर्ममा आगलागी, ४ लाखको क्षति

352 Shares

रौतहट १३ पुस । रौतहटको मौलापुर नगरपालिकाको पथरा बुधराम स्थित पोल्ट्रि फर्ममा आगलागी हुँदा करिव ४ लाख मूल्य बराबरको क्षति भएको छ ।
मौलापुर नगरपालिकाको पथरा बुधराम गाउँ स्थित नन्हुक दास पोल्ट्रि फार्ममा आगलागी हुँदा फार्ममा राखिएको ५ बोरा पेलेट दाना, करिव एक सय किलो कुखुराको चल्ला र फार्म जलेर नष्ट भएको हो ।
विद्युत सर्ट भएर आगलागी हुँदा करिव ४ लाख बराबरको क्षति भएको पिडितले बताए ।